नेपाल बैंकले कसरी गर्यो खुद नाफा मात्रै साढे दुई अर्ब बढी ?

May 10, 2017 Merolagani

बिगतमा खराब कर्जाले थलिएर झण्डै बिघटन भएको नेपाल बैंकले अहिले खुद नाफा मात्रै साढे दुई अर्ब बढी गर्यो भन्दा बिगत संझिनेहरुलाई अचम्म लाग्नसक्छ । कठिन प्रयासबाट क्रमशः सुघ्रिदै आएको नेपाल बैंकले चालु आर्थिक बर्षको नौ महिनामा धेरै आशलाग्दो प्रगति गरेको बिबरण सार्वजनिक गरेको छ ।

 नोटः रकमलाई करोडमा देखाईएको छ ।

नेपाल बैंकले ब्याज आम्दानी र संचालन नाफा उल्लेखनीय रुपमा बढाउँदै लैजानु, निस्क्रिय कर्जा अनुपात घटाउनु, सम्पति र सेयर बेचेर आउने गैरसंचालन नाफालाई सिमित राखेर पनि खुद नाफा बढाउन सक्नु धेरै राम्रा पक्षहरु हुन् । आफ्नो नाममा रहेको अथाह सम्पति र सेयर बेच्ने हो भने त उसलाई खुद नाफा कमाईमा कसैले भेट्न सक्दैन । बैंकको नियमित आम्दानी नै बढेपछि डिप्रोक्स लघुवित्तको सेयर बिक्री तत्काललाई रोकेको छ ।

मेरोलगानीले आँकलन गरेकै रुपमा नेपाल बैंकको खुद नाफा आएको छ ।

बाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्ममा कति कमाए ? (आँकलनसहित)

सरकारको ६२ प्रतिशत स्वामित्व रहेको बैंकमा २३.७४ प्रतिशत हकप्रद वापतको सरकारले हाल्नुपर्ने पैसा जम्मा भईसकेकाले चुक्ता पूँजी सात अर्ब ४५ करोड पुगेको छ भने त्यसमा सर्बसाधारण तर्फको ५५ करोड बराबरको हकप्रद अहिले बिक्री भईरहेको छ ।

कोषको लागत १.९१ प्रतिशत मात्र हुनु धेरै राम्रो पक्ष भए पनि कर्मचारी र संचालन खर्च घटाएर नाफा बढाउनु चुनौतिपूर्ण नै देखिन्छ । नेपाल बैंकको सेयरको महंगाई मापन गर्ने सुत्र मूल्य आम्दानी अनुपात ९.२३ प्रतिशत र ईक्वटीमा प्रतिफलको अनुपात ४६.५२ हेर्ने हो भने पनि दीर्घकालीन लगानीका लागि यो निकै आकर्षक पक्ष हो । तर यससंगै प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ मात्र छ भन्ने कुरालाई पनि भुल्नु हुँदैन ।

नेपाल बैंकका सबै सूचकहरु राम्रा हुँदै गएको पाईन्छ । अघिल्लो आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ९४ करोड घाटामा रहेको जगेडा कोष धनात्मक भए पनि लुकाईएको संचित घाटाको हिसाब नगरी बैंकले यस बर्षको खुद नाफाबाट कति बोनस देला भन्ने कुरा यकिन गर्न सकिदैन । तर नेपाल बैंकले सेयरधनीहरुलाई पहिलो बोनस बाँडेको दिन धेरै उल्लासपूर्ण हुने निश्चित छ ।

बैंकमा प्रमुख कार्यकारी देबेन्द्र प्रताप शाह र सर्बसाधारण सेयरधनीको तर्फबाट समेत गएका संचालकहरुको सक्रियताले तीब्र प्रगति गर्न सहयोग पुगेको बताईन्छ । बिगतमा सरकारी नियन्त्रण मात्रै हुँदा बैंक नराम्ररी बिगिएको थियो ।

बैंकलाई थप राम्रो बनाउन सरकारले आफ्नो नियन्त्रणमा रहेको सबै सेयर निजी स्वदेशी तथा बिदेशी रणनीतिक साझेदारलाई बेच्ने नीतिगत निर्णय गरिसकेको छ तर यसमा बैंकका पुराना कर्मचारीहरुले ब्यवधान गर्दै आएकाले राम्रा रणनीतिक साझेदारहरु प्रबेशमा कठिनाई छ । रणनीतिक साझेदारहरुले गुणात्मक काम र छिटो प्रतिफल खोज्ने हुँदा बिभिन्न पार्टीगत युनियनहरुले रणनीतिक साझेदार भित्रत्र्याउने कार्यलाई सफल हुन नदिने रणनीति अख्तियार गर्न थालेको बुझिएको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।