एनएलजी इन्स्योरेन्सले कमायो १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा

May 10, 2017 merolagani

 निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७.२५ प्रतिशतले बढाएर १२ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । गत वर्षको यस अवधिमा कम्पनीले ११ करोड छ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले एक अर्ब एक करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ५३ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८५ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

५१ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १० करोड ५७ लाख रुपैयाँको जगेडा कोष बनाएको छ भने बीमा कोषमा ५३ करोड ११ लाख रुपैयाँ राखेको छ ।

त्यस्तै जारी बीमा लेख संख्या एक लाख ४७ हजार २२१  र कुल तीन हजार छ सय ६४ वटा दाबी भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । अब कम्पनीले एक हजार चार सय ६९ वटा संख्याको ६९ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । 

इन्स्योरेन्सको आम्दानी २२ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने खर्च नौं करोड ६५ लाख रुपैयाँ रहेको छ । गत बर्ष १८ करोड ४७ लाख रुपैयाँ आम्दानी र सात करोड ४० लाख रुपैयाँ खर्च रहेको थियो ।

एनएलजी इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ७७ पैसा रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ दुई सय ३० दशमलव २८ रुपैयाँ, तरलता अनुपात दुई प्रतिशत र मुल्यआम्दानी अनुपात ५० दशमलव ९३ प्रतिशत रहेको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।