जनता बैंकले गर्यो लगानीकर्तालाई हकप्रदको भार नबोकाउने राम्रो प्रस्ताव

May 10, 2017 merolagani

जनता बैंक नेपाल (JBNL) ले आफ्ना सेयरधनीहरुलाई हकप्रदको भारी नबोकाउने प्रस्ताव गरेको छ । बैंकले सातौ बार्षिक साधारणसभाबाट ६० प्रतिशत हकप्रद बिक्री गर्न पारित गरेको प्रस्ताव विशेष साधारणसभाबाट फिर्ता लिने भएको छ ।



बैशाख २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन सम्बन्धि निर्णय फिर्ता गर्ने र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गर्न विशेष साधारणसभा बोलाएको हो ।

त्रिवेणीलाई गाँभेको जनता बैंकले सिद्धार्थलाई समेत किन्दा राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पूग्ने भएपछि लगानीकर्तालाई हकप्रद भारी नबोकाउने राम्रो निर्णय गरेको छ । कम्पनीले हकप्रद बिक्री गर्दा लगानीकर्ताबाट पैसा असुल्ने भएकोले अहिले धेरै कम्पनीका लगानीकर्ता रकम जोहो गनुपर्ने तनाबमा छन ।

जनता र त्रिवेणीले यसअघिनै भारी मात्रामा हकप्रद निष्काशनगरी पूँजी बढाएका थिए भने सिद्धार्थले गत वैशाख ७ गतेदेखि ६० प्रतिशत हकप्रद बिक्री गरिरहेको छ । एकपछि अर्को हकप्रद किन्नु पर्दा रकमको जोहो गर्ने तनाबमा रहेका लगानीकर्तालाई यो निर्णयले केही राहात मिलेको छ ।

बैकले जेठ १३ गते गर्ने विशेष साधारणसभामा सिद्धार्थलाई एक बराबर एक स्वाप रेशियोमा प्राप्ति गर्ने प्रस्ताव पेश हुनेछ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।