जनउत्थान लघुवित्तको दुई करोड ४० लाख रुपैयाँ चूक्ता पूँजी छ भने जगेडाकोषमा तीन करोड १२ लाख रुपैयाँ सञ्चित राखेको छ । लघुवित्तले १२ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन र ५१ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट तीन करोड ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी र एक करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । उसले २५ लाख ९९ हजार रुपैयाँ संम्भावित जोखिमका लागि प्रोभिजन गरेको छ ।
१२ करोड १० लाख रुपैयाँ चूक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तको जगेडाकोषमा एक करोड १७ लाख रुपैयाँ सञ्चित राखेको छ । लघुवित्तले ३२ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन र ४२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट तीन करोड २३ लाख रुपैयाँ खुद व्याज आम्दानी र ६३ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । उसले ९५ लाख ७९ हजार रुपैयाँ संम्भावित जोखिमका लागि प्रोभिजन गरेको छ ।
जनउत्थान बैंकको निष्कृर्य कर्जा १.३० प्रतिशत, पूँजीकोषको अनुपात १०.८४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ६७.९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४०.४४ गुणा, प्रतिसेयर नेटवर्थ २२७.०९ रुपैयाँ र तरलता अनुपात ११ .२२ प्रतिशत रहेको छ ।
उता महिला सहयात्राले निष्कृर्य कर्जा ३.०७ प्रतिशत, पुँजीकोषको अनुपात २८.२२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ६.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ, तरलता अनुपात ३६ प्रतिशत र मुल्य आम्दानीको अनुपात २१५.४६ गुणा रहेको छ ।