सिभिल बैंक तत्काल नसुध्रिए राष्ट्र बैंकको कारबाही भोग्नुपर्ने भएपछि ऋण उठाउँन कडा रणनीति

May 11, 2017 Merolagani

अरु बाणिज्य बैंकहरुले गत बर्ष भन्दा धेरै खुद नाफा कमाएर प्रगति बिबरण पस्कने प्रतिस्पर्धा गरिरहेको बेला ईच्छाराज तामाड.को सिभिल बैंक(CBL)ले भने दोस्रो त्रैमासमा कमाएको भन्दा पनि कम खुद नाफा बिबरण पस्केर जग हँसाएको छ । तत्काल सुधार नगरे राष्ट्र बैंकको कारबाहीमा पर्ने संभावना बढेपछि बैंक संचालक समितिले कर्मचारीहरुलाई  निर्देशन जारी गर्दै खराब कर्जा असुलीको कडा रणनीति अख्तियार गरेको छ । 


राष्ट्र बैंकले प्रस्ताब गरेको बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनको संशोधनलाई सांसद पदको दुरुपयोग गरी आफुखुशी परिवर्तन गर्न सफल भएका ईच्छाराजले आफ्नै सिभिल बैंकलाई भने सबैभन्दा खराबको दर्जामा पुर्याएका छन् ।

लामो समय सिभिलको प्रमुख कार्यकारी भएका किशोर महर्जनको हैसियत पनि सिभिल बैंकको तेस्रो त्रैमासले प्रष्ट गरिदिएको छ । यद्यपी तामाड.ले बाफियाको कारणले अनिबार्य रुपमा संचालक पद छाडेका छन् भने बैंक सुधार्न संचालक समितिले दिएको कडा निर्देशन पालनामा आनाकानी गरेरका महर्जनले अर्कै कारण देखाएर राजीनामा गरेका छन्।

नोटः रकमलाई करोडमा देखाईएको छ । 

ईन्टरनेशनल लिजिड. जस्ता निस्क्रिय कर्जा धेरै भएका कम्पनीहरुलाई आफुमा गाभेको सिभिल आफ्नै पनि खराब कर्जामा बढोत्तरी हुँदा र संस्थागत सुशासनको कमीले पछाडि परेको अबस्था छ । अब चौथो त्रैमासमा बैंकले अभुतपूर्व प्रगति नगरे राष्ट्र बैंकको कारबाही अनिबार्य बन्न जाने देखिएको छ । बाणिज्य बैंक खराब अबस्थातिर गईरहेको नियमनकारी निकायले टुलु टुलु हेरे बस्नु हुँदैन । पूँजी कोष अनुपात साढे १७ प्रतिशत छ भन्दैमा सिभिलको अरु कुरामा राष्ट्र बैंक आँखा चिम्लेर बस्ला भन्न सकिन्न । देसघन अनुगमन र सुधारका लागि कडा निर्देशन जरुरी भईसकेको छ ।

सुत्र भन्छ, सिभिलका केही ठूला कर्जाहरु बिना धितोका छन् र त्यसलाई असुल्न बैंकले ऋणीमा दबाब बढाउन सकेको अबस्था छैन । धेरै रकम घरजग्गामा परिचालन भएका कारण ऋणीहरु समस्यामा परेकाले कर्जा असुलीमा अफ्ठ्यारो अबस्था छ ।

गत बर्षको तेस्रो त्रैमासभन्दा यो बर्षको दोस्रो र तेस्रो त्रैमासमा खराब कर्जाको प्रतिशत बढ्नुले बैंकमा जोखिम बढेको संकेत गर्दछ । खराब कर्जाको अनुपात पाँच प्रतिशत भन्दा बढी भयो भने उसले कुनै पनि प्रकारको लाभांश बाड्न नपाउनसक्छ । खुद नाफा गत बर्ष भन्दा घट्दै जानु, पूँजी बढेर प्रति सेयर आम्दानी आधा जत्तिले कम हुनु, कर्मचारी र संचालन खर्चहरु बढ्नु खतरनाक पक्ष हुन् । यस्तो अबस्थामा राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन प्रस्ताब गरिएको ३० प्रतिशत हकप्रद नै कति बिक्ला भनी आँकलन गर्नु स्वभाविक छ ।

सिभिलका एक संचालकले मेरोलगानी डटकमसँग भने, अहिलेको बित्तीय बिबरण त खराब आयो तर अब चौथो त्रैमासमा राम्रो प्रगति भएको देखिने छ । हामीले कर्मचारीहरुलाई कडा रुपमा खराब कर्जाहरु नसुल्न भनेका छौ र त्यसो नगरे उनीहरु पनि कारबाहीको भागिदार बन्नेछन् । जनताको पैसाको सुरक्षा गर्न हामी पुरै प्रतिबद्ध छौ । कुनै पनि बहानामा कसैलाई छुट हुँदैन ।

बैंकका नयाँ अध्यक्ष अमिर बोगटी बैंकलाई तत्काल सुधार गर्न कडा रुपमा प्रस्तुत भएको र संचालम समितिको बैठकबाट निर्णय गराएरै सुधारको योजना लागु गरिएको बताईन्छ ।

ग्राण्ड बैंक जस्तै सुघ्रिन नसकेर सिभिल बैंक पनि अर्कोसँग कौडीको भाऊमा बेचिनु पर्यो भने लगानी गर्ने सेयरधनी र निक्षेपकर्ताहरुले हदैसम्मको गोता खानुपर्नेछ । त्यतिखेर अहिले कर्जा तिर्न अटेर गर्ने ऋणी र उठाउन नचाहने ब्यवस्थापनको पनि हालत ग्राण्ड बैंकको भन्दा फरक नहुनसक्छ । ग्राण्डलाई त प्रभुले बचायो, सिभिललाई उद्धारा गर्न को आउँला भनी पर्खन नपरोस् । समय छदै सिभिल सुधारिएको राम्रो किनभने सिभिलसँग ईच्छाराज तामाड.को मात्रै हैन, हजारौ निक्षेपकर्ता, सेयरधनी, ऋणी, ब्यवस्थापन र कर्मचारीको पनि भबिष्य गाँसिएको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।