डिप्रोक्स र नेरुडेको तेस्रो त्रैमासिक अवस्था कसको कस्तो ?

May 11, 2017 merolagani

डिप्रोक्स लघुवित्त (DDBL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गत बर्ष यहि अवधिको भन्दा खुद नाफा ३६.८० प्रतिशतले बढाएर २० करोड ८५ लाख रुपैयाँ कमाएको छ । अर्को लघुवित्त कम्पनी नेरूडे (NLBBL@) ले यस अवधिमा खुद नाफा ४५ प्रतिशतले बढाएर सात करोड ८५ लाख रुपैयाँ कमाएको छ ।

समिक्षा अवधिमा डिप्रोक्सको चुक्ता पूँजी ३४ करोड ८१ लाख र प्रतिसेयर आम्दानी ५९.९० रुपैयाँ रहेको छ भने नेरुडेको चुक्ता पूँजी २१ करोड ६० लाख र प्रतिसेयर आम्दानी ४८.५० रुपैयाँ पुगेको छ । यस अवधिमा डिप्रोक्स र नेरुडेको जगेडाकोष क्रमश ३८ करोड ९६ लाख रुपैयाँ तथा २२ करोड १८ लाख पुगेको छ ।

डिप्रोक्सले समिक्षा अवधिमा एक अर्ब ५३ करोड ५ लाख निक्षेप सङ्कलन गरि पाँच अर्ब ६ करोड ७७ लाख कर्जा प्रवाह तथा २० लाख १० हजार लगानी गरेको छ । जसबाट कम्पनीले चार करोड ५० लाख खुद व्याज आम्दानी तथा २८ करोड १८ लाख सञ्चालन नाफा कमाएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित नोक्सानीका लागि पाँच करोड ९० लाख व्यवस्था र चार करोड ५८ लाख ४९ करोड खराब कर्जा उठाएर निष्क्रिय कर्जालाई कम्पनीले शून्य दशमलव ७० प्रतिशत झारेको छ ।

उता नेरुडेले एक अर्ब ३ करोड १२ लाख निक्षेप सङ्कलन गरि दुई अर्ब ९८ करोड ९५ लाख कर्जा प्रवाह तथा एक करोड २३ लाख १९ हजार लगानी गरेर कम्पनीले २३ करोड ६५ लाख ८६ हजार खुद ब्याज आम्दानी र १२ करोड ३४ लाख सञ्चालन नाफा गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित नोक्सानीका लागि एक करोड ७ लाख व्यवस्था गरेको छ भने निष्क्रिय कर्जालाई नेरुडेले शून्य दशमलव ८३ प्रतिशतमा झारेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।