त्रिबेणी जस्तो राम्रो बैंकलाई गाभेर पनि जनता बैंकले आशातित प्रगति गर्न नसक्नुको के हो रहस्य ?

May 12, 2017 Merolagani

त्रिबेणी बिकास बैंकलाई गाभेको जनता बैंक(JBNL)ले तेस्रो त्रैमाससम्ममा ६० करोड रुपैयाँ हाराहारीमा खुद नाफा कमाउने आशा गरिए पनि ३८ करोडमा मात्र सिमित भएको छ । जनता बैंकले किन गर्न सकेन त आशातित प्रगति ?

नोटः रकमलाई करोडमा देखाईएको छ ।

जनता बैंकमा गुरुप्रसाद न्यौपाने अध्यक्ष हुँदा प्रबाह गरिएका कमशल र बिना धितोका कर्जाहरुको सावाँ ब्याज असुल हुन नसक्दा बैंकले आशातित प्रगति गर्न नसकेको स्रोतको भनाई छ । लागु औषध काण्डमा फसेको आर्या फर्माको केही करोड कर्जा फिर्ता भए पनि झापाको एक ऋणीको ठूलो रकम प्रोभिजन गर्नु पर्दा जनतालाई मार परेको छ ।

जनता र त्रिबेणी बिकास बैंकले हकप्रद र बोनस बितरण गरी धेरै पूँजी बढाएकाले प्रति सेयर आम्दानी निकै तल झरेको छ र ईक्विटीमा प्रतिफलको अबस्थामा पनि गिरावट आएर ९.३४ प्रतिशत मात्र रहेकाले आउने दिनमा कति प्रतिफल आउला भनी सहजै अनुमान लगाउँन सकिन्छ । 

त्रिबेणी बिकास बैंकको समेत खुद नाफा जोडिएर जनताको जगेडा कोष ८४ करोड पुगेको छ र निक्षेप र कर्जा रकम समेत बढेको छ । तर निस्क्रिय कर्जामा बढोत्तरी भएको छ । राम्रो बिकास बैंकमा गनिएको त्रिबेणीलाई मिसाउँदा पनि जनताको प्रगति राम्रो देखिन नसक्नुले केही खराबी अबश्य छ भन्ने शंका उब्जाएको छ ।

जनता बैंकका नयाँ अध्यक्ष केशवबहादुर रयमाझी र प्रमुख कार्यकारी कुमार लम्साल राम्रा ब्यवस्थापक भएकाले आगामी दिनमा जनता बैंकले आफुलाई सुधार्न सक्ने आधार छ तर गुरुप्रसाद न्यौपानेले भर्ना गरेका र अहिले पनि उनैको निर्देशनमा चल्ने कर्मचारीहरुले असहयोग गरिरहेमा यो संभव नहुनसक्छ । 

जनता बैंकका प्रमुख कार्यकारी कुमार लम्साल राम्रा ब्यवस्थापक भएकाले आगामी दिनमा जनता बैंकले आफुलाई सुधार्न सक्ने आधार छ तर गुरुप्रसाद न्यौपानेले भर्ना गरेका र अहिले पनि उनैको निर्देशनमा चल्ने कर्मचारीहरुले असहयोग गरिरहेमा यो संभव नहुनसक्छ ।  

ईन्साईडर ट्रेडिड. गरेको प्रमाणित भएपछि गुरुपैसाद न्यौपानेले संचालकबाट राजीनामा गरेर हिडेका छन् । न्यौपानेको निर्देशनमा काम गर्ने जनता बैंकका कर्मचारीहरुलाई बेलैमा तह नलगाएसम्म बैंकको अबस्था सुध्रने छाँट नदेखिएको जनता बैंकका एक प्रबद्र्धकले बताए । उनले ईन्साईडर ट्रेडिड. गरेको सेयर के गर्ने भन्ने बारेमा जनता बैंकले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।

अब सिद्धार्थ डेभ्लपमेन्ट बैंक समेत जनतामा बिलिन भएपछि चौथो त्रैमासको बित्तीय बिबरण कस्तो देखिएला भन्ने चासो बढेको छ । सिद्धार्थलाई समाहित गराएपछि जनताको चुक्ता पूँजी सात अर्ब नाघ्ने र चालु आर्थिक बर्षको खुद नाफाबाट बोनस बितरण गरी आठ अर्ब नाघ्ने अबस्थामा ६० प्रतिशत हकप्रद बेच्ने प्रस्ताब रद्ध गर्नु निकै सान्दर्भिक छ तर कम्पनीले प्रगति गर्न सकेन भने तीन वटा संस्था मिलेको औचित्य पनि रहन्न ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।