पाँच निर्जिबन बिमाले एकसाथ निकाले प्रगति बिबरण, कसको खुद नाफा कति ?

May 12, 2017 Merolagani

पाँच निर्जिवन बिमा कम्पनीले शुक्रबार एकसाथ तेस्रो त्रैमासको बित्तीय बिबरण प्रकाशित गरेका छन् । सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, प्रुडेन्सियल र नेपाल ईन्स्योरेन्सले खुद नाफा बढाएको बिबरण सार्जजनिक गरेका हुन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनी(SIC)ले चालु आर्थिक अर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी २६.६८ रुपैयाँ कायम गरेको छ ।

गतबर्ष कम्पनीले १० करोड ६५ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले ५१ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ लाखर जगेडा कोषमा चुक्ता पूँजी र २० करोड ८८ लाख रुपैयाँ छ ।

 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी(LGIL)ले चालु आर्थिक अर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी ३९.७० रुपैयाँ कायम गरेको छ । गतबर्ष कम्पनीले छ करोड ३७ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीले ५५ करोड सात लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीको चुक्ता पूँजी ३९ करोड र जगेडा कोषमा १५ करोड सात लाख रुपैयाँ छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी(SIL)ले चालु आर्थिक अर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी ३१.२४ रुपैयाँ कायम गरेको छ । गतबर्ष कम्पनीले १२ करोड सात लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले ५३ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीको चुक्ता पूँजी ४४ करोड ८३ लाख र जगेडा कोषमा १० करोड ७५ लाख रुपैयाँ छ ।

नेपाल इन्स्योरेन्स कम्पनी(NICL)ले चालु आर्थिक अर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड आठ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७.६७ रुपैयाँ कायम गरेको छ । गतबर्ष कम्पनीले दुई करोड ७६ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २८ करोड ७६ लाख र जगेडा कोषमा १४ करोड सात लाख रुपैयाँ छ ।

प्रुडेन्सियल ईन्स्योरेन्स(PICL)ले तेस्रो त्रैमाससम्ममा १३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रति सेयर आम्दानी ३७ रुपैयाँ ९८ पैसा कायम गरेको छ । उसले गत बर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

उसले यस अवधिमा २५ करोड ६४ लाख खुद बिमा शुल्क आर्जन गरेको छ । पूडेन्सिियलको चुक्ता पूँजी ३५ करोड ६४ लाख र जगेडा कोषमा २५ करोड ४७ लाख रुपैयाँ छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।