जलविद्युत्त लगानी तथा विकास कम्पनीको खुद नाफा कसरी बढ्यो ?

May 12, 2017 merolagani

सरकारी लगानी रहेको जलविद्युत्त लगानी तथा विकास कम्पनी (HIDCL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ३६.५२ प्रतिशतले बढाएर ३३ करोड ८८ लाख रुपैयाँ  कमाएको छ । कम्पनी गतबर्ष यही अवधिमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 जलविद्युत्त क्षेत्रमा ऋण प्रदान गर्ने यस कम्पनीले मुद्धत्ति निक्षेप र कल डिपोजिटबाट समेत व्याज आम्दानी बढाएर ४८ करोड ५६ लाख कमाएको छ ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडाकोषमा ८३ करोड ७८ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ । कम्पनीसँग ११ अर्ब छ करोड रुपैयाँको कुल सम्पत्ति रहेको छ भने २२ करोड ६९ लाख रुपैयाँ तिर्नुपर्ने दायित्व छ । जलविद्युत्त कम्पनीले समिक्षा अवधिमा ३३ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । 

कम्पनीले सरकारले ठुला आयोजना निमार्ण गर्नका लागि प्रवद्र्धन गरेको विद्युत्त उत्पादन कम्पनीमा चार प्रतिशत सेयर रहने गरी लगानी गरेको छ । जलविद्युत्त कम्पनीको प्रतिसेयर आम्दानी ४.५२ रुपैयाँ,  प्रतिसेयर नेटवर्थ १०८.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.२५ गुणा रहेको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।