बैंकहरुले धमाधम किन गर्न थाले आस्वा सेवा निशुल्क ?

May 12, 2017 merolagani

साधारण सेयर आवेदनमा प्रयोग हुन थालेको बैंक खातामै पैसा रोक्का राखेर सेयर आवेदन गर्ने प्रणाली अर्थात आस्वा सेवा निशुल्क रुपमा दिन बैंकहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।

पहिले प्रति आवेदन २५० रुपैयाँसम्म शुल्क लिएर पनि गुणस्तरीय सेवा दिन नचाहने वाणिज्य बैंकहरु अहिले यो सेवा निशुल्क उपलब्ध गराउन तछाडमछाड गर्न थालेका छन । 

नेपाल धितोपत्र बोर्डले गत माघबाट आस्वा सेवा ऐच्चिक रुपमा लागू गर्दा २५० रुपैयाँसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो । केही महिना अगाडि त्यसलाई झारेर एक सय रुपैयाँ भन्दा बढी लिन नपाउने व्यवस्था गरिएको थियो । 

यसै क्रममा एनआइसी एसिया बैंकले पनि आफ्ना ग्राहकहरुलाई निशुल्क रुपमा आस्वा सेवा उपलब्ध गराउने भएको छ । यसअघि बैंक अफ काठमाण्डूले आस्वा सेवा निशुल्क गर्ने घोषणा गरेको थियो ।

यसअघि एक सय रुपैयाँ भन्दा कममा सिभिल बैंकले ५०, सिटिजन बैंकले २५, फेवा विकास बैंकले २० र देव विकास बैंकले यो सेवा १० रुपैयाँमा उपलब्ध गराउने घोषणा गरिसकेका छन ।

सेयरबजारमा लगानी गर्नेहरु बढेको, एउटा कम्पनीको आइपीओमा आवेदन गर्नेहरुको संख्या नै दुई लाख भन्दा बढी हुने गरेको र अर्बौ रुपैयाँ आवेदन बाफत संकलन हुने गरेको अवस्थामा आफ्नो बैंकबाट पैसा बाहिर नजाओस भन्ने रणनीतिमा बनाएर बैंकहरु आस्वा सेवा निशुल्क गर्नतर्फ लागेको देखिन्छ ।

अर्को साधारण सेयरमा आवेदन गर्दा आवेदकको रकम बैंकमा नै रहने हुँदा सो रकम समेत बैंकहरुले चलाउन सक्ने हुँदा उनीहरुले यो सेवा निशुल्क दिन थालेका छन । भने कतिपय बैंकहरुले  आफ्नो ग्राहक संख्या बढाउनका लागि पनि आस्वा सेवा निशुल्क गर्न लागेका हुन ।

अर्कातर्फ धितोपत्र बोर्डले आगामी आर्थिक बर्षदेखि आस्वा सेवा अनिवार्य गर्ने भएपछि पनि बैकहरुले यो सेवा निशुल्क दिन थालेका हुन ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।