लक्ष्मी ईक्विटी फण्डमा कति पर्यो आवेदन ?

May 12, 2017 Merolagani

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले निष्काशन गरेको दोस्रो सामुहिक लगानी कोषको १० करोड इकाईका लागि एक अर्ब ६६ करोड रुपैंयाको आवेदन परेको छ । योसँगै फण्डको आकार एक अर्ब २५ करोड रुपैंयाको बनेको छ ।

यस अघि फण्डको आकार एक अर्ब रुपैंया रहेकोमा अधिक माग परेका कारण फण्डको आकार २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड रुपैंयाको भएको छ ।

जसमा लक्ष्मी बैंको १५ प्रतिशत र सर्वसाधारणको ८५ प्रतिशत हिस्सा कायम गर्दा सर्वसाधारणको एक अर्ब छ करोड २५ लाख रुपैंया तथा लक्ष्मी बैंकको १८ करोड ७५ लाख रुपैंया लगानी हुनेछ । लक्ष्मी बैंकले यस अघि नै १५ करोड रुपैंया जम्मा गरिसकेकोमा अब थप तीन करोड ७५ लाख रुपैंया रकम फण्डमा लगानी बढाउनु पर्नेछ ।

फण्डमा एक अर्ब ६६ करोड करोडको आवेदन परेकोमा एक अर्ब छ करोड २५ लाख रुपैंयाभन्दा बाहेकको झण्डै ६० करोड रुपैंया लगानीकर्तालाई नै फिर्ता गरिनेछ ।

लक्ष्मी ईक्विटी फण्डका इकाईहरु बैशाख २२ गतेदेखि २६ गतेसम्म निष्काशन भएका थिए । सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० इकाईदेखि एक करोड ईकाईसम्मका लागि आबेदन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

लक्ष्मी क्यापिटलले ईकाई बिक्रीबाट प्राप्त हुने अधिकांश रकम सेयर बजारमै परिचालन गर्नेछ । यस्ता कोषहरुको उपस्थितिबाट नेपालको सेयर बजारलाई स्थायित्वमा आड मिलेको छ ।

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने तथा नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्न यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।