सेञ्चुरी बैंकले ४० प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया अघि बढायो

May 12, 2017 merolagani

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत अर्थात १० बराबर ४ अनुपातको हकप्रद शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि बैंकले सिभिल क्यापिट मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।



बैंकले एक अर्ब ८८ करोड ५४ लाख बराबरको एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको छैठो साधारणसभाले गतबर्षको बोनस, इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

बैंकले सगरमाथा फाइनान्स र अल्पाईन डेभलपमेन्ट बैंकलाई समेत प्राप्ती गर्ने सम्झौता गरिसकेको छ ।

हाल सेञ्चुरीको ३ अर्ब ६९ करोड रुपैँया चुक्तापूँजी रहेकोछ । गतबर्षको बोनस, चालीस प्रतिशत हकप्रद र चारवटा संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्ने बताइएको छ ।

सेञ्चुरीले तेस्रो त्रैमाससम्मा खुद मुनाफा ३१ करोड गरेको छ । सो अवधिमा बैंकले ३३ अर्ब १४ करोड निक्षेप संकलन गरी ३० अर्ब कर्जा प्रवाह गरेको छ ।

सेन्चुरी कमर्शियल बैंकको बिस्तारै तर क्रमबद्ध प्रगति

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।