चिलिमे हाईड्रोपावर कम्पनीको खुद नाफा घट्यो,बीपीसीको भने बढ्यो

May 12, 2017 merolagani

चिलिमे हाईड्रोपावर कम्पनी (CHCL) को खुद नाफा गत आर्थिक बर्षको तेस्रो त्रैमासको ७० करोड ४६ लाखबाट ५२ लाख २९ हजार रुपैयाँ घटेर ६९ करोड ९४ लाख रुपैयाँमा झरेको छ । अर्को जलविद्युत्त कम्पनी बुटवल पावर (BPCL) ले  १६.७४ प्रतिशत वृद्धि गरेर ६८ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा बुटवलको खुद नाफा ५८ करोड ५५ लाख थियो ।

चिलिमेको विद्युत बिक्रीबाट हुने आय गत वर्ष ८२ करोड ७१ लाखबाट झण्डै दुई करोड बढेर ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । उता बुटवल पावरको विद्युत बिक्रीबाट हुने आय गत वर्ष ४७ करोड ८२ लाखबाट १३.३७ प्रतिशतले बढेर ५४ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा चिलिमेको सेयर पूँजी ३१ करोड ३४ लाख रुपैयाँ बढेर तीन अर्ब ४४ करोड ७९ लाख रुपैयाँ रहेको छ । जसको प्रतिसेयर आम्दानीमा २.९३ रुपैयाँ घटेर २७.०५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३५.४० रुपैयाँ, र मूल्य आम्दानी अनुपात ३३.२० गुणा रहेको छ ।

उता बुटवल पावरको गतबर्ष तेस्रो त्रैमासभन्दा यस त्रैमासमा १३ करोड ७३ लाख रुपैयाँ सेयर पूँजी बढेर एक अर्ब ८१ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।

उसको दुई अर्ब ३३ करोड ९६ लाख रुपैयाँ रिजर्भ कोष र प्रतिसेयर आम्दानी २.७६ रुपैयाँ बढेर ३७.७५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२९.२२ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १७.९६ गुणा रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।