नेपाल टेलिकमको गत बर्षको तेस्रो त्रैमासमा भन्दा यस बर्षको सोही अवधिमा आम्दानी एक अर्बले घटेर ३३ अर्ब २९ करोड भए पनि खर्च घटाएर धेरै खुद नाफा गरेको देखिएको छ । गत बर्ष चार अर्ब २९ करोड रुपैयाँ कर्मचारीको स्वेच्छिक अबकाश वापत खर्च गरेको थियो ।
उसले चार अर्ब १३ करोड त सरकारलाई तिर्ने कर वापत रकम ब्यवस्था गरेको छ ।
नेपालको सेयर बजारमा सुचिकृत कम्पनी मध्ये यत्ति धेरै नाफा कमाउने कम्पनी अर्को छैन । १५ अर्ब चुक्ता पूँजी रहेको नेपाल टेलिकमको प्रति सेयर आम्दानी १०३ रुपैयाँ, प्रति सेयर नेटवर्थ ५९९ रुपैयाँ, बजारको सेयर मूल्य ६५० रुपैयाँ हाराहारी र मूल्य आम्दानी अनुपात ६.२५ गुणा रहेको छ । उसको जगेडा कोषमा झण्डै ७५ अर्ब रकम छ, जुन चुक्ता पूँजीको पाँच गुणा बढी हुन आउँछ ।
सबै सूचकहरु राम्रा भए पनि नेपाल टेलिकमले नगद लाभांश मात्र दिने हुँदा नगद खाने संस्थाहरुले सेयरमा दीर्घकालीन लगानी गरे पनि बोनस सेयर खोज्नेहरुले अरु नै कम्पनीमा लगानी गर्दा यस कम्पनीको सेयर निकै सस्तोमा पाईन्छ ।
टेलिकम रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा अगाडि बढेको छ र त्यो भएमा झनै धेरै गुणात्मक फड्को मार्नसक्छ ।