गुँरास लाईफले कसरी बढायो १५० प्रतिशत खुद नाफा ?

May 13, 2017 Merolagani

गुँरास लाईफ ईन्स्योरेन्स(GLICL)ले नौ महिनाको अबधिमा दुई करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेर गत बर्षको तुलनामा १५० प्रतिशतले बढाएको छ ।कमजोर पूँजी आधार भएको कम्पनीले कारोबार बिस्तार गरी नाफा कमाईलाई उच्च पारेको हो ।

 

 गुँरासले खुद बीमा शुल्क आर्जन ५५ करोडबाट ७० करोड पुर्याएको छ । उसको कुल बीमा शुल्क आर्जन भने तीन अर्ब ८९ करोड रहेको छ । यो गत बर्ष भन्दा एक अर्बले थपिएको हो ।

गुँरासले बीमाकींय मूल्यांकनको हिसाब बाहेक प्रति सेयर आम्दानी ६.९९ रुपैया कायम गरेको छ । बीमांकीय मुल्यांकनको हिसाब समेत जोड्दा यो धेरै हुनसक्छ ।

गुंरासको चुक्ता पूँजी हाल ५५ करोड मात्र रहेकाले बीमा समितिले तोकेको २०७५ असारसम्म दुई अर्ब पुर्याँउन सकेसम्मको बोनसबाट नपुगे हकप्रद बिक्री गर्नुपर्ने बाध्यता छ । उसको जगेडा कोषमा २१ करोड र बीमा कोषमा दुई अर्ब ७७ करोड छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।