२६ बाणिज्य बैंकले नौ महिनाको अवधिमा कस्तो गरे प्रगति ? ( तुलनात्मक अध्ययनसहित)

May 15, 2017 merolagani

 

देशका २८ बाणिज्य बैंक मध्ये २६ बैंकले तेस्रो त्रैमासको बित्तीय बिबरण सार्वजनिक गरिसक्दा धेरैको प्रगति आकर्षक देखिएको छ । बाणिज्य बैंकहरुले आठ अर्ब चुक्ता पूँजी पुर्याउँने प्रतिस्पर्धा गर्दा कतिपयले खुद नाफा पनि त्यसैगरी बढाएर लगेका छन् । हेरौ, नौ महिनाको अवधिमा कसले कति कमाए ?

 

२८ वाणिज्य बैंकमध्ये एनसीसी बैंकको वित्तीय विवरण सार्वजनिक भएको छैन भने यो विवरणमा राष्ट्रिय वाणिज्य बैंकलाई समावेश गरिएको छैन । 

तथ्यांक कम्पनीहरुको तेस्रो त्रैमासिक बित्तीय बिबरणमा आधारित छन् । रकमलाई रुपैयाँमा देखाईएको छ । 

बैंक अफ काठमाण्डु, सिद्धार्थ, सनराईज, जनता बैंक लगायतका बैंकहरुले अर्को संस्थालाई एक्विजिशन र मर्ज गरेर गरेको खुद नाफा पनि जोडेर हेर्नुपर्छ ।

बाणिज्य बैंकहरुको खुद नाफा मात्रै हेरेर हुन्न, उनीहरुको चुक्ता पूँजीमा भएको बृद्धि, जगेडा कोष, निक्षेप संकलन र कर्जा परिचालनमा भएको बृद्धि पनि हेर्नुपर्छ । खुद नाफा बृद्धि नियमित कारोबारबाट हो कि सम्पति बिक्री र जोखिम कोषबाट रकम फिर्ता ल्याएर हो ? त्यस्तै निस्क्रिय कर्जा अनुपात, मूल्य आम्दानी अनुपात  ईक्विटीमा प्रतिफलको अबस्था, पूँजी कोष अनुपात र्, प्रति सेयर नेटवर्थ पनि हेर्नुपर्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।