कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा जेठ २ गते अर्थात आजसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, प्रभु बैंकका विराटनगर,वीरगञ्ज, बुटवल, धनगढी, कैलाली, पोखरा र बनेपा ६ का शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।
इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको एक सय रुपैँया अंकित दरका १९ लाख २५ हजार ७८ कित्ता हकप्रद निष्काशन गरेको हो ।
३८ करोड ५० लाख चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । प्रभुको हकप्रदपछि चुक्ता पूँजी ५७ करोड ७७ लाख नाघ्नेछ, जसको जगेडा कोषमा पाँच करोड ४० लाख,तथा जीवन बिमा कोष २६ करोड २७ लाख रुपैँया रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमास पुस अन्त्यसम्ममा इन्सुरेन्सले १० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ कायम गरेको छ । बैंकको सेयर नेप्सेमा सोमबार प्रतिकित्ता ११५० रुपैयाँमा कारोबार कारोबार भएको छ ।
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।