स्ट्याण्डर्ड चार्टर्डको एफपीओको कारोबार अर्को साताबाट खुल्ने

May 16, 2017 merolagani

स्ट्याण्डर्ड चाटर्ड बैंक (SCB) ले बिक्री गरेको नयाँ साधारण सेयर (एफपीओ) को अर्को साताबाट नेप्सेमा कारोबार हुने भएको छ । बैंकले मंगलबार नेप्सेमा एफपीओबाट बिक्री गरेको २५ लाख ५८ हजार एक सय ४० कित्ता सेयर सूचिकृत गराएको छ ।

स्ट्याण्डर्ड चार्टर्डले गत चैत १ देखि ४ गतेसम्म फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले एफपीओ बिक्री गरेको थियो ।

बैंकको एफपीओमा १४० कित्तासम्म आवेदन गर्नेले गोलाप्रथाबाट दश कित्ताका दरले सेयर पाएका थिए । त्यसभन्दा माथि १५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको थियो भने १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर वितरण गरिएको थियो ।

एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख रुपैयाँ पुगेको छ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ ।

 

स्टान्डर्ड चार्टर्डले एफपीओ बाँडफाँड गरेकै भोलिपल्ट यस्तो आयो प्रगति बिबरण

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।