विभिन्न नौ कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्जमा दुई करोड ७४ लाख ८४ हजार छ सय ४० दशमलव ८५ कित्ता सेयर सुचिकरण गराएका छन् । केही समय अघि थप नयाँ साधारण सेयर निष्काशन गरेको स्टाण्डर्ड चार्टर्ड बैंक सहित अरु दुई वाणिज्य बैंक, दुई विकास बैंक तथा चार फाइनान्स कम्पनीले बोनस तथा हकप्रद सेयर सुचिकरण गराएका हुन् ।