राष्ट्र बैंकले मर्जरको उदाहरण पेश गरेको एनसीसी बैंक अब थला बस्नै लागेको हो ?

May 17, 2017 Merolagani

धेरै खराब संस्थाहरुलाई एउटा मध्यमस्तरको बैंकमा गाभ्दा राम्रै हुन्छ भनेर राष्ट्र बैंकले  त्यतिखेर सोचेको थियो तर अहिले परिणाम यस्तो आईदियो कि उदाहरणीय भनिएको मर्जको कारणले एउटा बाणिज्य बैंक नै धरासायी बन्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।

चार वटा ठूला बिकास बैंकहरुलाई आफुमा गाभेको नेपाल क्रेडिाट एण्ड कमर्श बैंकको तेस्रो त्रैमासको बित्तीय बिबरण हेर्दा बैंक एकपछि अर्को चरण गर्दै धरासायी बन्न थालेको अनुभुति हुन्छ । मर्ज प्रक्रिया सकिएपछि दोस्रो त्रैमासमा संयुक्त रुपमा ज्यादै खराब बित्तीय बिबरण प्रकाशित गरेको एनसीसी तेस्रो त्रैमाससम्ममा सुध्रिने आशा गरिएको थियो तर तेस्रो त्रैमासको बिबरण झन् कहालीलाग्दो आएपछि राष्ट्र बैंकले फेरि त्यस बैंकलाई नियन्त्रणमा लिएर सुधार्ने जिम्मा लिनुपर्ने अबस्था आएको छ । नत्र खराब कर्जाको भारी बोक्न नसकेर बैक डुब्न बेर छैन ।

स्रोत:सम्बन्धित बैंकको तेस्रो त्रैमासिक बित्तीय बिबरण । रकमलाई करोडमा देखाईएको छ । 

दोस्रो त्रैमासमा खराब कर्जा वापतको ६५ करोड रुपैयाँ नोक्सानी ब्यवस्था गरेको बैंकले तेस्रो त्रैमाससम्म त्यसलाई बढाएर एक अर्ब नघाउनु परेको छ । बैंकले ब्याज आम्दानी राम्रै गरे पनि कर्जा नोक्सानी ब्यवस्था बढाउनु परेपछि मुस्किलले १६ करोड खुद नाफा गरेको देखाएर प्रति सेयर आम्दानी १० रुपैयाँ ६३ पैसा उल्लेख गरेको छ, जुन सेयरपूँजीसँग मेल खाँदैन ।

चारवटा ठूला बिकास बैंकलाई गाभेको एनसीसी बैंकको किन भयो यस्तो हालत ?

तत्कालीन ऐपेक्स लगायतका बिकास बैंकहरु खराब अबस्थामा छन् र सम्पति तथा दायित्वको मुल्यांकन ( डीडीए) गर्दा खराब अबस्था लुकाईएको छ भन्ने जान्दाजान्दै किन एनसीसीमा मिलाईयो भन्ने रहस्य खोल्ने हिम्मत राष्ट्र बैंकले नगर्नु दुखद पक्ष देखिन्छ । 

एनसीसी बैंकमा गाभिएका बिकास बैंकहरुको खराब अबस्था डीडीएको क्रममा कसरी लुकाईएको थियो र त्यो अहिले कसरी बाहिर आयो भन्ने बारेमा मेरोलगानीले खोजी गर्नेछ । 

बैंकले तेस्रो त्रैमासमा धेर खराब ऋणी र हाउजिड.वालाको धितो लिलामको सूचना निकाले पनि ती सम्पति बिक्न नसकेपछि बैंकको अवस्था सुध्रिएन । बैंकको बित्तीय बिबरण राष्ट्र बैंकबाट स्वीकृत नभएपछि बिशेष साधारण सभा बोलाएर ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गर्न खोजे पनि कम्पनी रजिष्ट्रारले त्यसमा रोक लगाएपछि आठ अर्ब चुक्ता पूँजी कसरी पुर्याउने भन्ने अन्योल उत्पन्न भएको छ ।

एनसीसी बैंकले चुक्ता पूँजी पुर्याउन रोज्यो ५० प्रतिशत हकप्रदको बाटो, एक अर्बको बोनस दिनैपर्ने बाध्यता

एनसीसी बैंकले ऋण उठाउन लिलाममा निकाल्यो ठूला घरजग्गा ब्यवसायीका करोडौंको जग्गा

उच्च अदालत पाटनले बिशेष साधारणसभा नभई नियमित साधारणसभा नै बोलाउनु भन्ने आदेश दिएको छ भने बैंकको गिर्दो अबस्था हुँदा नियमित साधारणसभा कसरी बोलाउने भनेर संचालक समितिले निर्णय गर्न सकेको छैन । त्यसमाथि बिगतमा बदनाम एनबी समूहको किचलो छदैछ ।

एनसीसी बैंकको साधारणसभाबारे के होला अदालतको फैसला ?

एनसीसी बैंकमार्फत ब्यक्तिलाई छ करोड जमानत दिंदा किन खेलियो गैरकानुनी खेल ?

एनसीसीले अहिले लिलाममा निकालेको धेरै ऋणीको धितो बेचेर पैसा असुल्न सकेन भने चौथो त्रैमास अरु पीडादायी हुने संभावना बढेको छ ।

हेरौ, चौथो त्रैमास भित्रमा एनसीसीको ब्यवस्थापनले अबस्था सुधार्छ कि मर्जरको उदाहरण पेश गरेको राष्ट्र बैंक आफैले फेरि नियन्त्रणमा लिन्छ ।

कम्पनीको पूँजी कोष अनुपात ठीकै रहेको अबस्थामा राष्ट्र बैंकले नियन्त्रण लिनु आबश्यक छैन भन्ने हो भने तत्काल अबस्था सुधार्नु चाँही अनिबार्य बन्न जान्छ । 

सिभिल बैंकसँगै एनसीसीले यस पटक सबैभन्दा खराब प्रर्दशन गर्दा राष्ट्र बैंकप्रति लगानीकर्ताहरुको ध्यान खिचिएको छ । 

एनसीसी र कुमारीसँगै चार बिकास बैंक गाभिएर आठ अर्ब पूँजीको सबैभन्दा ठूलो बैंक बन्ने

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।