प्रोग्रेसिभ फाइनान्सको विशेष साधारण सभाले के गर्यो निर्णय ?

May 17, 2017 Merolagani

प्रोग्रेसिभ फाइनान्स (PROFL) ले एक पटकमा नै चुक्ता पूँजी ८० करोड रुपैंया पुर्याउने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेको छ । फाइनान्सको मंगलबार सम्पन्न विशेष साधारण सभाले हकप्रदबाट हाल कायम २१ करोड चुक्ता पूँजीलाई ८० करोड पुर्याउने निर्णय गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको दुई सय ८१ प्रतिशत हकप्रद प्रस्ताव गरेको हो । यो प्रस्ताव अनुसार अहिले फाइनान्सको एक सय कित्ता सेयर हुनेले दुई सय ८१ कित्ता हकप्रद भर्नु पर्ने हुन्छ ।

लगानीकर्तालाई हकप्रदको भारी बोकाएर फाइनान्सले राष्ट्र बैंकको पूँजी वृद्धि योजनालाई पुर्णता दिन लागेको हो । फाइनान्सले मर्जर तथा एक्विजिशनका साथै हकप्रदको प्रस्ताव विशेष साधारण सभामा लगेको थियो । साधारण सभाले मर्जर तथा एक्विजिशनको बाटो पनि खुल्ला राख्ने निर्णय गरेको छ ।

फाइनान्सले हकप्रद निष्काशनको निर्णय नेपाल धितोपत्र बोर्डमा जानकारी गराएर आवश्यक प्रकृया अघि बढाउने छ ।

फाइनान्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७३ दशमलव ४० प्रतिशत बढी खुद नाफा कमाएको छ । यद्यपी फाइनान्सका अन्य वित्तीय सुचकहरु कमजोर अवस्थामा रहेका कारण लगानीकर्ता चनाखो हुनु पर्ने अवस्था देखिन्छ ।

...[प्रोग्रेसिभ फाइनान्सले बोलायो विशेष साधारणसभा]...

...[प्रोग्रेशिभ फाइनान्सको यस्तो छ प्रगति]...

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।