एन आई सी एशिया बैंकले एकै पटक बिस्तार गर्यो नौ शाखा

May 17, 2017 Merolagani

एन आई सी एशिया बैंकले एकै पटक नौ स्थानमा नयाँ शाखाहरु बिस्तार गरेको छ । बुधबार सबै नयाँ शाखामा विशेष कार्यक्रमको आयोजना गरी शाखाको औपचारिक सुरुवात गरिएको हो । बिहीबार पनि बैंकले थप पाँच शाखा बिस्तार गर्दैछ ।

बुधबार सौ-फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले गरेका छन् । त्यसै गरी धकधई स्थित ९२ औं शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले उद्घाटन गरेका छन् भने भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य भिम बहादुर थापा (भरत)ल गरेका छन् ।

बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक गुरु प्रसाद पौडेलले गरे भने पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुण राज श्रेष्ठल त्यसै गरी टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर बिसुरालले गरेका छन् । 

तनहुँको दुलेगौडा स्थित ९९ औं तथा भिमाद स्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण राज पण्डितले गरेका छन् । हाकिम चोक स्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेका छन् । बिहीबार औपचारिक उद्घाटन हुने थप पाँच शाखा सहित एन आई सी एशिया बैंकको शाखा सञ्जाल एक सय सात पुग्ने विज्ञप्तीमा उल्लेख छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।