नेप्सेका अनुसार एनबी इन्स्योरेन्सको समायोजित मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ रहेको छ । जसको आधारमूल्य ५५० रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैँया रहेको छ । शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुग्नेछ ।
तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले प्रति सेयर आम्दानी ३० रुपैयाँ कायम गरेको छ । प्रति सेयर नेटवर्थ ११८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७ गुणा रहेको छ ।
त्यस्तै साङ्ग्रिला डेभलपमेण्ट बैंक (SADBL) को पनि सेयरमूल्य समायोजन भएको छ । बैंकको बैंकको १६.०७ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको प्रतिकित्तामूल्य ४२४ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ३६६ रुपैयाँ रहेको छ ।
जेठ १९ गते हुने बैंकको बाह्रौं बार्षिक साधारणसभाले सो परिमाणको बोनस पारित गर्देछ । साथै बैंकले कसमस डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक बराबर एक कित्ता सेयर अनुपातमा प्राप्ती गर्ने प्रस्ताव समेत पारित गर्देछ ।
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।