बोनस समायोजनपछि जनताको सेयरमूल्य ३४६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ३०३ रुपैयाँ रहेको छ ।
मर्जरमा जानु अघि जनताको नेप्सेमा अन्तिम पटक प्रतिकित्ता ३८७ रुपैयाँमा कारोबार भएको थियो भने त्रिवेणीको ३८० रुपैयाँमा काराबार भएको थियो ।
हाल बैंकको चुक्तापूँजी चार अर्ब ६४ करोड रहेको छ । सिद्धार्थलाई समाहित गराएपछि जनताको चुक्ता पूँजी सात अर्ब नाघ्ने र चालु आर्थिक बर्षको खुद नाफाबाट बोनस बितरण गरी आठ अर्ब पुर्याउने योजनामा बैंक छ ।
बैकले जेठ १३ गते गर्ने विशेष साधारणसभामा सिद्धार्थलाई एक बराबर एक स्वाप रेशियोमा प्राप्ति गर्ने प्रस्ताव पेश गर्देछ ।
त्रिबेणी बिकास बैंकलाई गाभेको जनता बैंकले तेस्रो त्रैमाससम्ममा ३८ करोड खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १०.९६ रुपैयाँ रहेको छ।
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।