एनबी इन्स्योरेन्स र सगरमाथा फाइनान्सले सुरु गरे बैंकासुरेन्स

May 18, 2017 Merolagani

एनबी इन्स्योरेन्स र सगरमाथा फाइनान्सले बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता गरेका छन् । सम्झौतापत्रमा एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सगरमाथा फाइनान्सका प्रमुख कर्याकारी अधिकृत मन बहादुर राईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात फाइनान्सका ग्राहकले फाइनान्सका सबै शाखाबाट एनबी इन्स्योरेन्सका बीमा सेवा पाउने छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले फाइनान्ससंगको संझौताबाट कम्पनीले फाइनान्सका ग्राहकलाई सरल, सहज र चुस्त सेवा प्रदान गर्ने बताए । फाइनान्सका सबै ग्राहकले आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने भन्दै उनले सेवा लिनका लागि आग्रह समेत गरे । 

सगरमाथा फाइनान्सका प्रमुख कर्याकारी अधिकृत मन बहादुर राईले एनबी इन्स्योरेन्ससँगको सहकार्यले दुवै कम्पनीका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताएका थिए । यसबाट इन्स्योरेन्स र फाइनान्सको सम्बन्ध सुमधुर भई व्यवसाय विस्तारमा टेवा पुग्ने राईको अपेक्षा छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।