लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद भर्ने समय दुई दिन बाँकी

May 19, 2017 merolagani

लक्ष्मी बैंक (LBL) ले बैशाख ३ गते आइतबारदेखि निष्काशन गरेको हकप्रद भर्ने म्याद जेठ ७ गते सकिँदैछ । यसप्रकार शुक्रबार र आईतबार गरी लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद भर्ने समय अब दुई दिनमात्र रहेको छ ।

लक्ष्मी बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेकोे हो ।

अहिले बैंकको चुक्ता पूँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ रहेको छ ।सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८ दशमलव २९ प्रतिशत बोनस बाँडेपछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब रुपैँया नाघ्नेछ ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ । बैकको सेयरमा चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले लक्ष्मी बैंकका सबै शाखा तथा सिद्धार्थ क्यापिटल नक्सालबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

यसअघि प्रोफेसनल दियालो विकास बैंकलाई समेत गाभेर एकिकृत कारोबार थालेको बैंकले उक्त विलय पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गरेको हो ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।