एन आई सी एशिया बैंकका ४ नयाँ शाखा संचालनमा आए

May 18, 2017 merolagani

एन आई सी एशिया बैंक (NICA) ले विहीबार देशका विभिन्न चार स्थानमा नयाँ शाखा एकसाथ संचालनमा ल्याएको छ । यो सँगै बैंकको कुल शाखा सञ्जाल १०७ पुगेको छ ।

विहीबार संचालनमा आएका शाखामध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष, गुणानिधि भण्डारी (माधव) ले, नयाँ पुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङले उद्घाटन गरे ।

त्यस्तै सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष, दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा र रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य, सुरेन्द्र प्रसाद श्रेष्ठले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकको दाबी छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाले बताए ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।