नेको इन्स्योरेन्सको ९२ हजार आठ सय ९३ कित्ता सेयरमा लिलामी खुल्यो

May 19, 2017 merolagani

नेको इन्स्योरेन्स (NIL) ले हकप्रदमा बिक्री नभएको ९२ हजार आठ सय ९३ कित्ता सेयरमा शुक्रबारदेखि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । कम्पनीले छ हजार एक सय ६३ कित्ता संस्थापक तथा सर्वसाधारण समूहको ८६ हजार सात सय २९ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

लिलामी सेयर सर्कान ईच्छुक लगानीकर्ताले जेठ ५ गते शुक्रबारदेखि ११ गते विहीबारसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ माथि मूल्य तोकेर सर्वसाधारण सेयरमा न्यूनतम एक सय तथा संस्थापक सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा १० कित्ताको गुणांकमा आवेदन गर्नुपर्ने हुन्छ । 

इन्स्योरेन्सले संस्थापक समुहको सेयरको बोलपत्र जेठ १२ गते दिउँसो १.३० बजे र साधारणको दिउँसो २ बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोली १९ गते बाँडफाँड गर्ने जनाएको छ । सेयर नपाउने लगानीकर्ताले जेठ २४ गतेदेखि रकम फिर्ता पाउनेछन् ।

नेकोले फागुन ३ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेकोमा सो समयमा नबिकेको सेयर अहिले बेच्न लागेको हो ।

 

कम्पनीको सेयर विहीबार  प्रतिकित्ता ११७० रुपैयाँमा कारोबार भएको छ । शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ८० लाख नाघेको छ । बीमा कम्पनीले तोकेको एक अर्ब चुक्ता पूँजी पुर्याउन अब कम्पनीलाई ३५ करोड १९ लाख रुपैयाँ बढि थप्नुपर्नेछ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।