मुक्तिनाथ विकास बैंक ४० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति लिन पुग्यो धितोपत्र बोर्ड

May 19, 2017 merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ४० प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । बैंकले दर्शौ बार्षिक साधारसभाबाट ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।


बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी एक अर्ब ५४ करोड २७ लाख रुपैंया पुगेको छ ।

चालीस प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको पूँजी दुई अर्ब १६ करोड पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा दुई अर्ब ५० करोड पुर्याउनु पर्ने हुन्छ । नपुग पूँजी बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने बताएको छ ।

बैंकले गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो भने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत बोनस गरी ८४ प्रतिशतले पूँजी बढाएको थियो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४३ प्रतिशतले बढी हो । बैंकको प्रतिसेयर आम्दानी ३० रुपैंया ६९ पैसा कायम भएको छ ।

बैंकले चैतको अन्त्यसम्ममा १५ अर्ब १४ करोड ८३ लाख रुपैँया निक्षेप संकलन गरेर १४ अर्ब १७ करोड ४८ लाख रुपैँया कर्जा परिचालन गरेको छ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।