स्वदेशीको लघुवित्तको आईपीओ बाँडफाँड, कसले कति पाए ?

May 21, 2017 merolagani

ईटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था (SLBL) ले निष्कासन गरेको ३ लाख कित्ता आईपीओ आइतबार बाँडफाँड भएको छ । एनएमबि क्यापिटलका अनुसार कुल ९२ हजार आवेदकमध्ये २५ हजार ३० जनाले कम्पनीको सेयर पाएका छन् । 



स्वदेशीको आईपीओमा ५० कित्तादेखि ११ सय २० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ । ११ सय ३० कित्तादेखि १२ सय ८० सम्मका आवेदकले अनिवार्य १० कित्ता सेयर पाएका छन् । त्यसभन्दा माथि १२ सय ९० कित्ता देखि १३ सय ९० कित्तासम्म आवेदन गर्नेले ११ कित्ताका दरले सेयर पाएका छन् भने सबैभन्दा बढी १५ सय कित्तासम्म आवेदन गर्नेले १२ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको आइपीओमा कुल ९२ हजार २२ जनाले आवेदन परेकोमा १२ सय ६ जनाको आवेदन रद्द भएको छ ।
स्वदेशीले चैत २५ देखि २९ गतेसम्म एक सय रुपैयाँ दरको ३ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । जसमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

तीन करोड रुपैयाँको आईपीओ जारी गरेपछि स्वदेशी लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ । आईपीओ बिक्रीपछि कम्पनीको संस्थापक सेयर धनीको ७० तथा साधारण सेयरधनीको सेयर अनुपात ३० प्रतिशत कायम भएको छ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।