नेपाल एसबिआई बैंकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता हकप्रद बिक्री खोलेको हो ।
बैंकको हकप्रद निष्काशनका एनएमबि क्यापिटलले बिक्री प्रवन्धकको काम गरेको छ ।
बैंकको हकप्रदमा गत बैशाख २५ गते सोमबारसम्म सेयर खरिद गरेका लगानीकर्ताले एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार, र एनएमबि क्यापिटल नागपोखरीबाट असार ११ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
...एसबिआई बैंकको ४० प्रतिशत हकप्रद जेठ पहिलो सातादेखि
हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा एक अर्ब १० करोड ४४ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९.५७ रुपैँया कायम गरेको छ । बैंकको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता १०३५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
उता हाम्रो विकास बैंकले पनि आईतबारदेख दुई सय प्रतिशत हकप्रदबिक्री खुला गरेको छ । बैंकले चुक्ता चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात ३० करोड ५८ लाख ३३ हजार ९ सय रुपैँया मुल्य बराबरको ३० लाख ५८ हजार ३३९ कित्ता सेयर जारी गरेको हो ।
हाम्रोको एनआइबिएल क्यापिटल मार्केट्सले बिक्री प्रवन्धकको काम गरेको छ ।
बैंकको हकप्रदमा बैशाख १० गतेसम्म सेयर किनेका लगानीकर्ताले विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स,लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढी र हाम्रो विकास बैंकको सबै शाखाबाट असार ११ गतेसम्म हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
हाल १५ करोड २९ लाख रुपैँया चुक्ता पूँजीको हाम्रोको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैँया पुग्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप चार करोड १३ लाख रुपैँया पूँजी थप गर्नु पर्ने हुन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी २७.३ रुपैयाँ कायम गरेको छ । बैंकको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता २९५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
...हाम्रो विकास बैंकको हकप्रद जेठ ७ देखि बिक्री हुने
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।