शुक्रबार खोलिएको बोलकबोल अनुसार कैलाशको साधारण सेयर न्यनतम तीन सय ३५ रुपैंया हाल्नेलाई बितरण गरिएको छ । ग्लोबल आईएमई क्यापिटलका अनुसार ६२ हजार पाँच सय ७३ कित्ता साधारण सेयरका लागि छ सय ३८ जनाले आवेदन दिएकोमा अधिकतम चार सय रुपैंयासम्म मूल्य हाल्ने ६५ जनाले मात्र सेयर पाएका छन् ।
क्यापिटलका अनुसार कैलाशको लिलाममा राखिएको १० हजार नौ सय ८१ कित्ता सेयरका लागि एक सय ५३ वटा आवेदन परेकोमा एक सय ५३ रुपैंयामा सेयर माग गर्ने एक जनाले मात्र सेयर पाएका छन् ।
उता देवः विकास बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार बैंकको लिलाममा राखिएको सेयरका लागि न्युनतम दुई सय ३३ रुपैंया तिर्नेले सेयर पाएका छन् ।
कुल दुई लाख ३४ हजार तीन सय १८.०१ कित्ता सेयर लिलाममा राखिएकोमा सात सय ९९ जनाले आवेदन गरेका थिए । लिलाम गरिएको उक्त साधारण सेयरका लागि अधिकतम तीन सय १६ रुपैंयासम्मको आवेदन परेको क्यापिटलले जनाएको छ ।
त्यसै गरि देवःको लिलाममा राखिएको तीन लाख ८३ हजार दुई सय ९७.३८ कित्ता संस्थापक सेयर एक सय एक रुपैंयामा सेयर किन्न चाहने तीन जनालाई नै बितरण गरिएको छ ।
दुर्वै बैंकले लिलाममा सेयर नपरेका लगानीकर्तालाई जेठ १६ गते मंगलबारदेखि पैसा फिर्ता गर्ने बताएका छन् ।
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।