युनाइटेड मोदी हाइड्रोको एक करोड १५ लाख कित्ता सेयर सूचिकृत, अर्को साताबाट कारोबार खुल्ने

May 21, 2017 merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार युनाइटेड मोदी हाइड्रोपावर डेभलपमेन्ट (UMHL) को साधारण शेयर सुचिकृत भएको छ । कम्पनीको एक करोड १५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । युनाइटेड मोदीले गत फागुन १९ देखि २३ सम्म आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको सेयर अर्को साताबाट कारोबार सुरु हुनेछ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको आधारमा अधिकत्तम तीन गुणासम्म मूल्य तोक्ने गरेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबार एक सय दुई रुपैंयादेखि तीन सय पाँच रुपैंयामा खुल्ने देखिन्छ । कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय दुई रुपैयाँ रहेको छ ।

कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत्त आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गरेको थियो । ।

२०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ए बाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्देछ । १०.५ मेगावाट विद्युत उत्पादन हुने यो आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छ । पहिलो आयोजनाबाट ०६९ असोजदेखि उत्पादन सुरु गरेको युनाइटेड मोदीले सोही आयोजना नजिकै अर्को आयोजना सुरु गर्न लागेको हो । आयोजनाको ड्याम पर्वतको सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदी बेनीस्थित कालीगण्डकीको दोभानमा रहने छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।