चार कम्पनीले पाए दुई अर्ब ६५ करोड बराबरको हकप्रद बिक्रीको अनुमति

May 22, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले एकैदिन चार कम्पनीलाई दुई अर्ब ६५ करोड १३ लाख बराबरको हकप्रद बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले आइतबार दुई वाणिज्य बैंक र दुई विकास बैंकलाई हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो ।



बोर्डमा आवेदन गरेकामध्ये सिद्धार्थ बैंक (SBL) , माछापुच्छ्रे बैंक (MBL), अल्पाइन डेभलपमेन्ट बैंक(ALDBL) र कन्चन डेभलपमेन्ट बैंक (KADBL) ले हकप्रद निष्कासनको अनुमति पाएका हुन ।

माछापुच्छ्रे बैंकले हाल कायम चुक्तापूँजीका १२ प्रतिशत, सिद्धार्थले ३० प्रतिशत, कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत तथा अल्पाइनले ६९ प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएका हुन ।

सिद्धार्थ बैंकले १ अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८१३ रुपैयाँको १ करोड ५७ लाख ५२ हजार ५७८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल बैंकको चुक्ता ५ अर्ब २५ करोड ८ लाख ५९ हजार रुपैयाँ छ ।
जसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ९५ करोड ७० लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पौस ( बार्षिक) र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ ।

माछापुच्छ्रे बैंकले १०ः१.२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको हो । बैंकको हकप्रद एनएमबि क्यापिटल लिमिटेडले बिक्री गर्देछ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा छ ।

यस्तै, कञ्चन डेभलपमेन्ट बैंकलाई पनि धितोपत्र बोर्डले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । कञ्चनले एक सय रुपैयाँ दरको १० लाख ३९ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

बैंकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ ।

बैंकको चुक्ता पुँजी ३४ करोड ६५ लाख रुपैयाँ छ । कञ्चनले तेस्रो त्रैमाससम्मा ४ करोड ५९ लाख २३ हजार रुपैयाँ खुद नाफा पनि कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ६३ पैसा छ ।

सेञ्चुरी कमर्शियल बैंकले आफुमा विलय गर्ने सम्झौता गरिसकेको अल्पाइन डेभलपमेण्ट बैंकले पनि धितोपत्र बोर्डमा झण्डै ६९ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ ।

प्रति तीन कित्ता बराबर दुई दशमलव शुन्य आठ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको अल्पाइनको हाल चुक्ता पूँजी २६ करोड रुपैंया रहेको छ । हकप्रद पश्चात उसको चुक्ता पूँजी ४० करोड ७५ लाख हाराहारीमा पुग्नेछ ।

अल्पाइनको हकप्रद एनएमबि क्यापिटलले बिक्री गर्नेछ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।