राष्ट्रिय बीमा संस्थानको नाफा झण्डै २१ प्रतिशतले घट्यो

May 22, 2017 merolagani

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) ले चालु आर्थिक तेस्रो त्रैमासमा ६६ लाख १० हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा २०.९२ प्रतिशत अर्थात १७ लाख ४८ हजार रुपैयाँ कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ८३ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधि राष्ट्रिय बीमा संस्थानले  एक करोड ६२ लाख ६४ हजार रुपैयाँ खुद आम्दानी गरेको छ भने ९६ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । गतबर्षको तुलनामा कम्पनीको आम्दानी ११.८५ प्रतिशतले घटेको छ भने खर्च ४.३३ प्रतिशतले घटेको छ ।

९३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा तथा कोषमा ३० करोेड २० लाख रुपैयाँ र जीवन बीमाकोषमा ११ अर्ब २० करोड ३७ लाख रुपैयाँ राखेको छ ।

कम्पनीले यस अबधीमा खुद बीमा शुल्कबापत एक अर्ब ९९ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो बर्षको यसैअवधिको तुलनामा ७.८० प्रतिशत वा १४ करोड ४३ लाख रुपैयाँ बढी हो । त्यस्तै कम्पनीले दुई अर्ब ९३ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गतबर्षको यसैअवधिमा दुई अर्ब ३८ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।