माछापुच्छ्रे बैंक र पुर्णिमा विकास बैंकले हकप्रद जारी गर्न कहिले तोके बुकक्लोज मिति ?

May 23, 2017 merolagani

माछापुच्छ्रे बैंक (MBL) ले चुक्ता पूँजीको १२ प्रतिशत तथा पुर्णिमा विकास बैंक (PURBL) ले २५  प्रतिशत हकप्रद जारी गर्न गर्नका लागि सेयरधनी किताब बन्द गर्ने मिति तोकेका छन् । दुबै बैंकले एकैदिन जेठ १६ गते मंगलबार बुकक्लोज गर्ने मिति निर्धारण गरेका हुन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशत अर्थात विद्यमान १० कित्ता बराबर एक दशमलव दुई कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न सेयरधनी किताब बन्द गर्ने मिति तोकेको हो ।  

बैंकको हकप्रद एनएमबि क्यापिटल लिमिटेडले बिक्री गर्देछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी नाघ्नेछ । 

बैंकले चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि सेयर रहेका सञ्चालक तथा आधारभुत सेयरधनीहरुलाई हकप्रद वापतको रकम (कल ईन एडभान्स) जेठ २३ गतेभित्र बुझाउन भनेको छ । बैंकले सो रकम बैंकको खाता नं ९९९९५२४९९९९८८०५७ मा जम्मा गर्न भनेको हो ।

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

उता पुर्णिमा विकास बैंकले २५ प्रतिशत बराबरको सेयर विक्री गर्नका लागि सेयरधनी किताब बन्द गर्ने भएको हो । बैंकले विद्यमान चार कित्ता बराबर एक कित्ताको दरले आठ लाख ८० हजार नौ सय ६३ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

हाल ३५ करोड २३ लाख ८५ हजार रुपैंया चुक्ता पूँजी रहेको पुर्णिमाको २५ प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४४ करोड चार लाख ८१ हजार रुपैंया पुग्नेछ । बैंकले हकप्रद निष्काशनका लागि यसअघि नै सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

बैंकलको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गत बर्षभन्दा खुद नाफा ७९.६२ प्रतिशतले बढाएर सात करोड ५३ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

दुबै बैंकले जारी गर्न लागेको हकप्रद पाउन सेयरधनीले अबको चारदिनमा सेयर किनिसकेको हुनुपर्नेछ । जेठ १४ गतेसम्म सेयर किनेका वा पहिले नै सेयरधनी रहेका सेयरधनी हकप्रद भर्न योग्य हुनेछन् ।

माछापुच्छ्रे बैंकको पुस २२ गते सम्पन्न १८ औं साधारणसभाले १२ प्रतिशत र पुर्णिमा विकास बैंकको पुस २३ गते सम्पन्न नवौं साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।