ङादी ग्रुप पावरले ३५.४४ प्रतिशतले खुद नाफा बढाउँदा अन्य सुचकमा के के भयो ?

May 23, 2017 merolagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ङादी ग्रुप पावर कम्पनी लिमिटेड (NGPL) ले आफ्नो खुद नाफा ३५.४४ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष कम्पनीले नाफा दुई करोड ९९ लाख ९५ हजार रुपैयाँ रहेकोमा कम्पनीले यो बर्ष चार करोड छ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

ङादी ग्रुप पावरले यो बर्षमा लगानी गतबर्षको यसै अवधिको तुलनामा ५७.८७ प्रतिशतले बढेर आठ करोड पाँच लाख १६ हजार रुपैयाँ पुर्याएको छ । गत बर्ष कम्पनीले पाँच करोड १० लाख रुपैयाँ लगानी गरेको थियो । 

जलविद्युत्त कम्पनिको चुक्ता पूँजी ४८ करोड ६८ लाख ६८ हजार रुपैयाँ रहेको छ । यस अवधिमा संचालन नाफा सामान्य बढेर आठ करोड ८६ लाख तीन हजार रुपैयाँमा कमाएको छ । कम्पनीको जगेडाकोष गत बर्ष यसै अवधिमा ३५ लाख दुई हजार रुपैँया रहेकामा यो बर्ष चार करोड १७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनिको विद्युत्त विक्रीबाट हुने आम्दानी समिक्षा अवधिमा २१ लाख ५० हजार रुपैयाँ घटेर १० करोड ४३ लाख ९२ हजारमा आएको छ । कम्पनीले सञ्चालनमा ल्याएको पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजनाबाट सुख्खायामको कारण पुर्ण रुपमा सत्तचालन नभएका कारण नाफामा कमी आएको बताएको छ ।

कम्पनीले गतबर्ष अन्य आम्दानी ३१ लाख ४२ हजार रहेकोमा यो बर्ष उल्लेख्य बढाएर ८० लाख पाँच हजार कमाएको छ । कम्पनीको चालु सम्पत्ति ११ करोड २१ लाख तथा चालु दायित्व चार करोड ३९ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.५७ रुपैयाँ,मुल्य आम्दानी अनुपात २६.४३ गुणा र तरलता अनुपात २.५५ प्रतिशत रहेको छ ।

लमजुङ जिल्लामा ५ मेगावाटको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको कुल चुक्ता पूँजीको १० प्रतिशत लमजुङका स्थानीय बासीन्दा र सर्वसाधरण लगानीकर्तालाई २० प्रतिशत शेयर बेचेको थियो । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।