जनता बैंकका कर्मचारीलाई कसले उचाल्यो बुर्लुक्कै ?

May 23, 2017 Merolagani

जनता बैंक र सिद्धार्थ विकास बैंकबीच प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुगिरहेका बेला जनताका कर्मचारीहरु भने प्राप्ति असफल पार्न आन्दोलनमा उत्रिएका छन् । जनता बैंकका कर्मचारीहरुले सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई प्राप्ति गर्दा आफ्नो अबस्था बलियो हुनुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् ।

सामुहिक सौदावाजी मुद्दाको नाममा आन्दोलन गरिरहेका जनता बैंक कर्मचारी संगठनले मंगलबार प्रमुख कार्यकारी कुमार लम्लासको कार्यकक्ष घेराउ गरेर दबाब दिए ।

कर्मचारीहरुले जनता बैंक र सिद्धार्थ विकास बैंकबीच मर्जर हुँदा सामुहिक सौदावाजी हुनु पर्ने, तलव भत्ता समायोजन गरिनु पर्ने जस्ता माग राखेका छन् भने अब्बल कर्मचारीलाई जनता बैंकले मर्जर अगावै सम्वोधन गर्नु पर्ने माग राखेका छन् । आन्दोलनमा पूर्व गभर्नर डा. युवराज खतिवडाका छोरा तिलक खतिवडा पनि संलग्न छन् ।

हालै त्रिेबणी बिकास बैंकलाई गाभेको जनता बैंकमा पहिलेका कर्मचारीले एक्विजिशनपछि टिक्न नसक्ने देखेर आन्दोलन गरेको आरोप लागेको छ । त्रिबेणी र सिद्धार्थ दुबैको बित्तीय अबस्था र संस्थागत सुशासन राम्रो भएकाले जनताका कार्यक्षमता कमजोर भएका केही कर्मचारीहरु आँत्तिएको बताईन्छ । जनताका कर्मचारीहरुको आन्दोलनमा राजीनामा गरेका पूर्व संचालक गुरुप्रसाद न्यौपानेको स्वार्थ पनि घुसेको आरोप केही कर्मचारीहरुले नै लगाएका छन् ।

यस बारेमा औपचारिक प्रतिक्रिया लिन खोज्दा कर्मचारीका नेताहरु उपलब्ध भएनन् । तर ब्यवस्थापनले भने कर्मचारीका जायज समस्या समाधान गर्ने कुरामा कुनै कमजोरी नगरेको स्पष्ट पारेको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।