सरकारले दियो बूढीगण्डकी आयोजना चीनलाई,गेजुवाले बनाउने

May 23, 2017 merolagani

सरकारले प्रस्तावित बूढीगण्डकी जलासशयुक्त विद्युत् आयोजना चीन सरकार स्वामित्वको कम्पनीलाई निर्माण गर्नका लागि दिने सैद्धान्तिक सहमति दिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई १२ सय मेगावाटको जलाशययुक्त आयोजना विस्तृत डिजाइन, निर्माण र लगानीसमेत गर्ने (इपीसीएफ) खाकामा बनाउने सैद्धान्तिक सहमति दिएको हो । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बूढीगण्डकी आयोजना ईपीएफ खाकामा बनाउन गेजुवालाई दिने विषयमा सैद्धान्तिक सहमति दिएको र यसमा सम्झौता गर्न अर्थमन्त्राललाई अनुमति दिएको जानकारी दिए ।

बैठकले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ।

त्यसैगरी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई ल्याइएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले आफुले पदबाट राजीनामा दिन लागेको जानकारी गराउदै मन्त्रीपरिषद्का सदस्यहरुलाई धन्यवाद दिएका थिए । बैठकपछि प्रधानमन्त्री सहित मन्त्रीपरिषद् सदस्यहरुले सामूहिक फोटो खिचाएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।