नेपाल बैंकले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । चैत २८ गतेसम्म सेयर किनेका लगानीकर्ताले नेपाल बैंकको हकप्रद सेयर भर्न पाउँछन् ।नेपाल बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । क्यापिटलको कार्यालय सुन्धारा तथा बैंकका शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।
त्यसै गरि नेपाल बंगलादेश बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । चैत १६ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले बैंकको हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
बंगलादेश बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । जमलस्थित क्यापिटलको कार्यालयका साथै बंगलादेश बैंकका शाखा कार्यालयहरुबाट सेयरधनीले हकप्रदमा आवे्दन गर्न सक्ने छन् ।
सिद्धार्थ डेभलपमेण्ट बैंकले पनि हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतले हुने ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले जनता बैंकमा विलय हुने सम्झौता गरेर सेयर कारोबार रोक्का रहेको बैंकको हकप्रद सेयरमा सो अवधिसम्म सेयर किनेका सबै लगानीकर्ताले आवेदन गर्न पाउछन् ।
सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।
तपाईले हकप्रद भर्न छुटाउनु भयो कि ? जेठ १० गते निष्काशन बन्द हुने कम्पनीहरुको आवेदन फारम र विबरण हेर्नुहोस्
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।