डिप्रोक्स लघुवित्तले गत चैत ६ गतेदेखि बैशाख २५ गतेसम्म एक बराबर एक अनुपातमा २५ लाख ६९ हजार दुई सय ३८ दशमलव ४५ कित्ता हकप्रद सेयर विक्री खुला गरेको थियो ।
जसमा तीन हजार तीन सय ४५ जना आवेदकमध्ये तीन हजार तीन सय ४२ जना सेयरधनीलाई २५ लाख ६३ हजार दुई सय ६८ दशमलव ८१ कित्ता सेयर हकप्रद निष्काशन सम्बन्धि व्यवस्था तथा विवरणहरुको विभिन्न दफाहरुमा गरिएको व्यवस्था अनुसार जेठ ७ गते बाँडफाँड गरेको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । हकप्रदमा आवेदन गरेपनि तीन जना सेयरधनीको हकप्रद सेयर पाउन नसकेको क्यापिटलले जनाएको छ ।
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।