साधारणसभाले हाल कायम चूक्ता पूँजीको एक बराबर एक दशमलव सात पाँच अर्थात एक सय पचहत्तर प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल फाइनान्सको चूक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ भने हकप्रद पश्चात ८१ करोड ८१ लाख रुपैयाँ पुग्ने छ ।
त्यस्तै साधारण सभाले अन्य कुनै बैंक तथा वित्तिय संस्थाहरुमा गाभ्ने÷गाभिने तथा एक्विजिसन गर्ने प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
संस्थागत सुशासन कायम नभएर वित्तीय संकटमा परेपछि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले तीन बर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो । नयाँ लगानीकर्ताले फाइनान्सलाई लिएर सुधार गर्दे लगेपछि राष्ट्र बैकले गत मंसिर २७ गते समस्याग्रस्तको सूचीबाट हटाएको थियो ।
कतार स्थित गैरआवसीय नेपालीहरुले फाइनान्स किनेर संचालन गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले फाइनान्सलाई केही महिना अघि मात्र समस्याग्रस्त सूचीबाट हटाएको थियो ।
चालु आर्थिकको चैत मसान्त सम्ममा फाइनान्सले तीन करोड ८१ लाख रुपैयाँ रुपैयाँ निक्षेप संकलन गरि १९ करोड रुपेयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीमा सर्वसाधारणको ४० प्रतिशत शेयर लगानी छ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।