माछापुच्छ्रे बैंकको परासी शाखा स्थानान्तरण

May 24, 2017 merolagani

माछापुच्छ्रे बैंक लिमिटेड(MBL) ले बैंकको परासी शाखालाई महेशपुरचोक, परासी बजार वडा नं ५ साबिकको भवनबाट दक्षिणतर्फ सँगैको नयाँ भवनमा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएको शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसीले गरेका छन् ।

६ अर्व ५९ करोड ८७ लाख रुपैयमाँ चुक्ता पूँंजी रहेको यस माछापुच्छ्रेले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्ब चार करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब पाँच करोड कर्जा प्रवाहबाट एक अर्ब ५१ लाख खुद नाफा गरेको छ ।

बैंकको नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधाका साथै २४ सै घण्टा एटिएमको सुबिधा उपलब्ध गराउने छ । बैंकले विश्वमा नै उत्कृष्ट मानिएको बैंकिङ्ग सफ्टवेयर ग्लोबस (Globus) मार्फत पुर्वमा बिर्तामोडदेखि पश्चिममा धनगढी साथै हिमाल देखि पहाड, र तराईसम्म सम्पुर्ण बैंकिङ्ग सुबिधा तथा अत्याधुनिक सेवा प्राप्त गर्दै आएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।