सेयर बजारमा सामान्य सुधार

May 24, 2017 merolagani

बुधबारको सेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहका सूचक बढेपछि बजार बढेको हो । बजार सामान्य बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही कमी आएको छ।

बुधबार कारोबार खुल्ना साथ निरन्तर ओरालो लागेको बजार कारोबार बन्द हुन भन्दा डेढ घण्टा अगाडि बाट सुधारीएको हो ।

यसदिन नेप्से ३.०७ अंकले बढेर १६२९.५८ विन्दुमा आइपुगेको छ । समग्रमा नेप्से ०.१९ प्रतिशतले बढेको हो ।

यस दिन कुल १४८ कम्पनीको १३ लाख ६६ हजार कित्ता सेयर ६९ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ९ करोडले कम हो ।

यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ९८ अर्ब कायम भएको छ ।

बुधबारको बजारमा सबैभन्दा धेरै ललितपुर फाइनान्सको संस्थापक सेयरको सबैभन्दा धेरै ५ करोड बढीको कारोबार भयो । सिद्धार्थ बैंक र हिमालयन जनरल इन्स्योरेन्सको पनि चार करोड बढीको कारोबार भयो ।

यसदिन आरएसडिसि लघुवित्त र हिालयन डिष्टलरीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । नेशनल माइक्रोफाइनान्स, सिनर्जी फाइनान्स तथा नयाँ नेपाल लघुवित्त लगायतको सेयरमूल्य बढेको छ ।

बरुण हाइड्रको सेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको बजारमा अरुण फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्ताकोशी डेभलपमेन्ट बैंक तथा सिनर्जी हाइड्रो लगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।