ग्लोबल आइएमई बैंकले सुरु गर्यो कालीकोटमा शाखारहित बैंकिङ्ग सेवा

May 24, 2017 merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले ४६ औं शाखारहित बैंकिङ्ग सेवा कालीकोटमा सञ्भालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमइले कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा सुरु गरेको हो । शाखारहित बैंकिङ्ग सेवाबाट पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा हुनेछन् ।

बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले स्थानिय कर्णवहादुर खत्रिलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरी मसिन हस्तान्तरण गरेर उक्त सेवाको उद्घाटन गरे । यसभन्दा अगाडि बैंकले ४५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दे आएको थियो ।

ग्लोवल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा हालसम्म तीनवटा एक्सटेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।