मल्टिपर्पाेज फाईनाइन्सले निष्कृष्य कर्जा असुलीमा देखायो कमाल, कति कमायो खुद नाफा ?

May 24, 2017 merolagani

सप्तरीमा प्रधान कार्यालय रहेको मल्टिपर्पस फाईनाइन्स (MPFL) ले चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा निष्कृय कर्जा असुलीमा उल्लेखनिय प्रगति गरेको छ । गत वर्ष १७.९१ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा समिक्षा अवधिमा ११.७ प्रतिशतले घटेर ६.२१ प्रतिशमा आईपुगेको छ । 

मल्टिपर्पस फाईनाइन्स कम्पनीले आठ लाख ३८ हजार रुपैयाँ बराबरको खराबकर्जा उठाएको छ । खराब कर्जा असुली तथा खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएपछि कम्पनी भारी मात्रामा घाटा घटाएर नाफा कमाउन सफल भएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा व्यहोरेको ६२ लाख ७९ हजार रुपैँया नोक्सानलाई अहिले नाफामा परिणत गरेको छ । वित्तीय कृयाकलाप सुधार गर्ने क्रममा फाइनान्सले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा खुद नाफा बढाएर ४३ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

चार करोड १४ लाख ७३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडाकोषमा एक करोड १७ लाख २२ हजार रुपैयाँ सञ्चित हुन पुगेको छ । यस अवधिमा फाईनाइन्सले १४ करोड ५२ लाख रुपैँया निक्षेप संकलन गरि एक करोड ५५ लाख रुपैँया कर्जा परिचालन गरेको छ ।

गत वर्ष फाइनान्सले आठ लाख तीन हजार रुपैयाँ ब्याज घाटा व्यहोरेको कम्पनीले चालुआर्थिक बर्षको नौ महिना अवधिमा व्याज आम्दानी बढाएर ८३ लाख रुपैयाँ कमाउन सफल भएको छ भने ८१ लाख ७५ हजार सञ्चालन घाटामा रहेको कम्पनी ६० लाख ४७ हजार नाफामा पुगेको छ ।

फाईनाइन्सको प्रतिशेयर आम्दानी बार्षिक १३ रुपैँया ९५ पैसा  र पूँजीकोष अनुपात ३५.५७ प्रतिशत रहेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।