बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सनराईज क्यापिटलको औपचारिक शुरुवात गरेका छन् ।
एनसिएम मर्चैन्ट बैंकिङ्ग लिमिटेड नेपालमा पहिलो पल्ट म्युचुअल फण्ड संचालन गर्ने संस्था समेत हो ।
एन.सि.एम मर्चेन्ट बैकिङ लिमिटेड सनराईज बैंकको स्वामित्वमा आएपछि नाम परिवर्तन गरि सनराईज क्यापिटलको नाममा सञ्चालन गरिएको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत तथा क्यापिटलका अध्यक्ष रत्नराज बज्रचार्यले बताए ।
कम्पनीले हाल मर्चेन्ट बैंकिङ्ग कार्य अन्तर्गत शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, शेयर रजिष्ट्रार कार्य तथा शेयर प्रत्याभुति कार्य गर्दे आएको छ । साथै निकट भबिष्यमा पोर्टफोलियो ब्यवस्थापन गर्ने तथा सामुहिक लगानी कोष संचालन गर्ने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।
सनराईज क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।