कुमारी बैंकको तीन लाख ६६ हजार पाँच सय कित्ता हकप्रद सेयर लिलाममा

May 25, 2017 merolagani

कुमारी बैंकले अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । बैंकले तीन लाख ६६ हजार ५ सय ६२ दशमलब ६६ कित्ता हकप्रद सेयर जेठ १४ देखि लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो । लिलाम बढाबढमा बिक्रि गर्न लागिएको साधारणतर्फ दुई लाख ८० हजार ४ सय ७० कित्ता र संस्थापकतर्फ ८६ हजार ९२ दशमलब ६६ कित्ता हकप्रद सेयर रहेको छ ।

बैंकले गत चैत ६ देखि बैशाख १० सम्म ५० प्रतिशत अर्थात दुई बराबर एकको दरले हकप्रद बिक्रि खुला गरेको थियो । सो समयमा हकप्रदमा बिक्री नभएको सर्वसाधारण तथा संस्थापक समूहको सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो । 

कुमारी बैंकको सेयर लिलामीमा सकार्न इच्छुक बोलकबोल दाताले जेठ १४ देखि जेठ २१ सम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

बोलकबोल गर्दा प्रति कित्ता न्युनतम एक सय रुपैयाँ र १० कित्ताको गुणांमा आवेदन पेश गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी मूल्यमा आबेदन दिनेलाई प्रथामिकता दिएर वितरण गरिने छ । बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको कार्यालयमा जेठ २२ मा ३ बजे खोलिने जनाईएको छ । लिलामी सेयर नपाउने लगानीकर्तालाई क्यापिटलले जेठ २९ गतेदेखि रकम फिता गर्नेछ ।

गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंयाँ पगेको छ । पचास प्रतिशत हकप्रद वितरणपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ।कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

एक्वायरपछि बैंकको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्नेछ भने शाखा सञ्जाल ८० पुग्नेछन् । बैंकले चैत मसान्तसम्ममा ३७ करोड ५८ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.६४ पैसा कायम गरेको छ । बैंकको सेयर वुधबार नेप्सेमा प्रतिकित्ता ३३४ रुपैंयाँमा कारोबार भएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।