नेको इन्स्योरेन्सले सेयर लिलामीको अवधि एकदिन थप्यो

May 25, 2017 merolagani

नेको इन्स्योरेन्स कम्पनी (NIL) ले हकप्रदमा बिक्री नभएको ९२ हजार आठ सय ९३ कित्ता सेयर लिलामीमा एकदिन समय थपेको छ । कम्पनीले यसअघि आवेदन गर्ने म्याद विहीबारसम्म निर्धारण गरेको थियो । विहीबार उपत्यकामा भोटेजात्राको सार्वजनिक बिदा परेकाले समय एकदिन थप गरेर जेठ १२ गते शुक्रबार १:३० बजेसम्म निर्धारण गरिएको हो।

नेको इन्स्योरेन्स कम्पनीले जेठ ५ गतेदेखि संस्थापक समुहको छ हजार एक सय ६३ कित्ता तथा सर्वसाधारण समूहको ८६ हजार सात सय २९ कित्ता सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो ।

इन्स्योरेन्स कम्पनीको लिलामी सेयर सर्कान ईच्छुक लगानीकर्ताले जेठ १२ गते शुक्रबार १:३० बजेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा बोलपत्र पेस गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ माथि मूल्य तोकेर सर्वसाधारण सेयरमा न्यूनतम एक सय तथा संस्थापक सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा १० कित्ताको गुणांकमा आवेदन गर्नुपर्ने हुन्छ । 

परिवर्तन गरिएको समयअनुसार इन्स्योरेन्सले संस्थापक समुहको सेयरको बोलपत्र जेठ १४ गते दिउँसो ३.३० बजे र साधारण सेयरको दिउँसो ४ बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोली २१ गते बाँडफाँड गर्ने जनाएको छ । सेयर नपाउने लगानीकर्ताले जेठ २६ गतेदेखि रकम फिर्ता पाउनेछन् ।

नेकोले फागुन ३ देखि चैत ७ गतेसम्म शतप्रतिशत कप्रद सेयर बिक्री खुला गरेकोमा सो समयमा नबिकेको सेयर अहिले बेच्न लागेको हो । कम्पनीको सेयर बुधबार नेप्सेमा प्रतिकित्ता ११५० रुपैयाँमा कारोबार भएको छ ।

शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ८० लाख नाघेको छ । बीमा कम्पनीले तोकेको एक अर्ब चुक्ता पूँजी पुर्याउन अब कम्पनीलाई ३५ करोड १९ लाख रुपैयाँ बढि थप्नुपर्नेछ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।