आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (LIVE)

May 25, 2017 merolagani

आगामी आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। व्यवस्थापिका संसद् बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।


संवैधानिक व्यवस्थाअनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पेश गर्ने व्यवस्था छ । जसका लागि राष्ट्रपति भण्डारी संसद भवन पुग्नु भएको छ । 

यसपटक स्थानीय तहको निर्वाचन आचारसंहिताका कारण अघिल्लो आर्थिक वर्षकै कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ । निर्वाचन आयोगले सरकारलाई निर्वाचनलाई प्रभाव पार्नेगरी नयाँ नीति तथा कार्यक्रम नराख्न निर्देशन दिएको थियो भने प्रतिपक्षी दल नेकपा एमाले पनि नयाँ कार्यक्रम नल्याउन माग गर्दे आएको थियो ।

सरकारले पहिलो पटक नीति तथा कार्यक्रम सङ्घीय संरचनामा तयार भएको छ। जसमा केन्द्रमा राष्ट्रिय गौरवका ठूला आयोजनाको प्राथमिकता तय भएका छन्। सङ्घीय संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका योजना र प्राथमिकता तोकिएका छन्।

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।